चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै

काठमाडौँ – मुलुकको समग्र चेम्बर अभियानको ७५ औँ ऐतिहासिक वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ ।
हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।
साढे ७ दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।





प्रतिक्रिया राख्नुहोस्