नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ- सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।
सत्ता साझेदार दलहरु नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको हो ।
बैठकमा सरकार सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।।






प्रतिक्रिया राख्नुहोस्