भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जानकारी

काठमाडौँ-  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको विषय सार्वजनिक गर्नु भएको हो ।

”संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो रातको छलफलपछि, म खुसीसाथ घोषणा गर्न चाहन्छु कि भारत र पाकिस्तानले पूर्ण र तत्कालीन शान्ति स्थापनामा सहमत भएका छन्। दुवै देशलाई सामान्य बुद्दि र उत्कृष्ट बुद्धिमत्ताको प्रयोगको लागि बधाई। यस विषयमा ध्यान दिने तपाईंलाई धन्यवाद!” राष्ट्रपति डोनल्ड ट्रम्पले लेख्नु भएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.