आलु बीउको हाहाकार
इलाम- यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन् । कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो ।
गत वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो ।
गत साल किसानले प्रतिमन रु एक हजारमा आलु बेच्नुपर्थ्यो तर यसपटक प्रतिमन रु तीन हजारमा आलु बिक्यो । किसानले माघदेखि फागुनको मध्यसम्ममा हिउँदे आलु रोप्ने गर्छन् ।
उत्पादनका हिसाबले पनि अन्य यामको भन्दा उल्लेखनीय मात्रामा यो याममा आलु फल्छ । पहाडी क्षेत्रमा मुख्य सब्जीका रूपमा आलु प्रयोग हुन्छ । यो यामको आलुलाई धेरै गोडमेल र सिँचाइ पनि गर्नु नपर्नाले किसानले प्रशस्त मात्रामा हिउँदे आलु रोप्ने गरेका थिए ।
किसानले फागुन-चैतमा रोप्ने हिउँदे आलु जेठको अन्तिम असार मध्यसम्ममा उत्पादन हुन्छ । आलुको उत्पादन उठाएर अन्य खेती गर्न सकिने भएकाले पनि किसाले प्रायः हिउँदे आलुको खेती गर्छन् ।-
प्रतिक्रिया राख्नुहोस्