प्रशासनको निर्णय लत्याउँदै कोइला खानिका टिप्पर

पाल्पा- मनसुनका समयमा सडक सुरक्षाका लागि पाल्पाका राजमार्ग, सहायक मार्ग, ग्रामिण सडकदेखि खानी पहुँच मार्गमा टिप्पर सञ्चालनमा रोक लगाइए पनि यसको उल्लङ्घन भएको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारीको बैठकले सडक सुरक्षाको कारण देखाउदै उत्खनन् र कच्चि सडकमा ओसारपोसारमा रोक लगाएपनि माथागढी गाउपालिकाको रुप्सेबाट भने उत्खनन् गरेको पाइएको हो ।
मनसुनको समयमा कच्चि सडक नबिग्रियोस भनेर ढुवानीका लागि रोक लगाइए पनि कोइला ढुवानी गर्ने टिप्परले सडकको क्षमताभन्दा बढी भारवहन बोकर कुदिरहेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने रोक लगाइएका सवारी साधनले नियम विपरित गरेको पाइए कानुनी दायरमा ल्याउने बताउनुहन्छ ।
बर्खायामको असार र साउन महिनामा ट्रिपर, ट्रयाक्टरलाई रोक लगाए पनि निर्वाध कच्ची सडकमा ओभरलोड बोकेर गुड्दा ग्रामीण सडक जीर्ण बनेको स्थानियको गुनासो छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले ग्रमीण सडकमा ट्राफिक प्रहरीको पहुँच नहुने हुँदा लुकीछिपि गुडेको पाइएकोले कारबाहीको दायरमा ल्याउने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्