दुर्घटनामा परेका ५ जनाको उद्दार, १ जनाको उपचार चितवनमा

बसको अगाडि भागमा केही यात्रु च्यापिएको अनुमान

गोरखा- चितवनको नारायणघाटबाट गोरखा जाँदै बस दुर्घटनामा परी फसेका ५ जनालाई उद्दार गरिएको छ । उद्दार गरिएकाहरु मध्ये  १ जना महिलालाई उपचारको लागि चितवन लगिएको छ ।

अरु यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट गोरखा सदरमुकामतर्फ जाँदै गरेको बस तनहुँको ऐना पहरामा दुर्घटनामा परेको हो ।

आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहरामा दिउसो ४ः२० बजेको समयमा ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो । दुर्घटनामा परेको बसबाट हालसम्म ५ जनाको सकुशल उद्वार गरिएको छ ।

चितवन लगिएकी महिला शहीद लखन गाउँपालिका–६ की अन्दाजी बर्ष ४१ की सिनु थापा भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गोरखा नगरपालिका–९ का ५४ बर्षीय सनबहादुर गुरुङ समेत घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको छ । उद्वार गरिएका मध्ये ४ जनाको आँबुखैरेनी स्थित अस्पतालमा उपचार जारी रहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालकले दिएको बिवरणका आधारमा प्रहरीले बसको अगाडिको भागमा केही यात्रु च्यापिएको अनुमान गरेर उद्दार तथा बसलाई क्रेनले तान्ने तयारी गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.