गोरखामा ९ बषिया बालिकालाई बलात्कार आरोपमा एक युवक पक्राउ

गोरखा – गोरखा प्रहरीले ९ बर्सिया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–६ भूम्लिचोकका २१ वर्षीय युवक विमल चेपाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनु भयो ।
उनका अनुसार साउन ३१ गते साँझ स्थानीय ९ बर्सिया बालिका नाम परिवर्तन ०८२–०८३ ग कुमारीलाई जबरजस्ती करणी गरेकोभन्दै पीडितका आफन्तबाट प्रहरीमा किटानी जाहेरी परेको हो ।
जाहेरी परे लगत्तै प्रहरीले चेपाङलाई पक्राउ गरी हिजै जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी मङ्गलवार गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको उनले बताए ।
पक्राउ परेका चेपाङ विरुद्ध अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ । साउन यता मात्र जिल्लाको विभिन्न क्षेत्रमा गरी ३ वटा बलात्कारको मुद्दा समेत दर्ता भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।






प्रतिक्रिया राख्नुहोस्