१९ बर्षमा २० लाख भेटी संकलन

गोरखा- गोरखा दरवारमा राखिएको दान पेटिकामा १९ बर्षको अवधिमा करिब २० लाख रुपैयाँ सङ्कलन भएको छ ।
दान पेटिकाबाट हालसम्म १९ लाख ५५ हजार ६१ रुपैयाँ संकलन भएको मुल पूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनु भयो।
गोरखा दरवारमा ०६४ सालदेखि दानपेटिका राखेर श्रद्वालुहरुले दिने भेटी संकलन गरिने गरेको हो ।
पछिल्लो पटक ०८२ साल बैशाख १५ गतेदेखि असोज ९ गतेसम्म दानपेटिकामा संकलन भएको रकमको गणना आज गरिएको थियो ।
आज उक्त पेटिकाबाट २ लाख ८ हजार १४० रुपैयाँ संकलन भएको मुल पूजारी भट्टराईले बताउनु भयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.