अस्तव्यस्त ग्रामीण सडक, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

बैतडी – ठुला महान चाड दसैँ र तिहारको मुखमा गाउँ फर्किने नागरिकहरूको सङ्ख्या बढेको छ । तर बैतडीका ग्रामीण सडकहरू सफाइ नगरिँदा यहाँ आउने स्थानीयहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने कतिपय ग्रामीण सडकहरू पूर्ण रूपमा बन्द छन् ।
बर्सातपछि सफा नगरिएका अस्तव्यस्त सडकले नागरिकहरूले सास्ती भोग्नुपरेको हो । अहिले बैतडीका अधिकासं ग्रामीण सडकहरूको जोखिमपूर्ण छ ।
गाउँमा विकासको उत्साह बोकेर घर फर्किने नागरिकहरू सामान्य सडक समेत सफा नभएको देख्दा निराश भइरहेका छन् । जोखिमपूर्ण ग्रामीण सडक त्यसमा पनि क्षमता भन्दा बढी यात्रुले दुर्घटनाको जोखिम समेत बढेको छ ।
सडकमा गएको सामान्य पहिरो समेत नपन्छाउँदा गाडी चलाउन समेत मुस्किल हुने गरेको गाडीचालकहरुको गुनासो छ ।






प्रतिक्रिया राख्नुहोस्