फुटसलमा महिला प्रहरी र महिला संचारकर्मी

लमजुङ-  लमजुङमा महिला सञ्चारकर्मी र महिला प्रहरी विच मैत्रीपुर्ण फुटसल भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले ७० औँ प्रहरी दिवसको पूर्व सन्ध्यामा जिल्ला माताहतका महिला प्रहरी र जिल्लामा क्रियाशिल महिला सञ्चारकर्मीहरु विच मैत्रीपुर्ण फुटसल आयोजना गरेको हो ।

बेसीशहरस्थित अम्बोटे फुटसलमा भएको खेलमा एकका विरुद्ध तीन गोल गर्दै महिला प्रहरीको टिमले जित हासिल गरेको छ ।
प्रमूख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलको प्रमूख आतिथ्यतामा औपचारिक कार्यक्रम सहित खेल शुरु भएको थियो । कार्यक्रममा लमजुङका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक रेशम बोहरा, सशस्त्र प्रहरी नायव उपरिक्षक शेखर दवाडी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, महासंघका केन्द्रिय सदस्य कृष्ण केसी, पूर्व केन्द्रिय सदस्य किसान संगीत लगायतको विशेष उपस्थिती रहेको थियो ।

असोज मसान्तमा पर्ने प्रहरी दिवसको पूर्व सन्ध्यामा लमजुङ प्रहरीले महिला क्षमता अभिबृद्धि र संस्थागत सम्बन्धलाई थप प्रगाड बनाउन मैत्रीपुर्ण फुटसल आयोजना गरेको लमजुङका प्रहरी प्रमूख एवं प्रनाउ रेशम बोहराले बताउनुभयो ।

मैत्रीपुर्ण फुटसल हुँदै गर्दा हारजितको नतिजा भन्दा पनि खेलप्रति महिलाहरुको आकर्षण प्रवद्र्धन गर्न र विशुद्ध मनोरञ्जनका लागि महत्वपुर्ण भएको नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले बताउनुभयो । अहोरात्र शान्ती सुरक्षामा खटिने प्रहरी र सूचना प्रवाहमा खटिने सञ्चारकर्मीहरुलाई आफ्नो कर्तव्यसँगै आपसी सदभावका लागि पनि मैत्रीपुर्ण फुटसल फलदायी भएको अध्यक्ष पौडेलको भनाई थियो ।

साविकका वर्षझै प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङले विविध कार्यक्रमहरु तय गरेको छ । प्रहरी दिवसको दिन आगामी शुक्रबार औपचारिक कार्यक्रमसहित शुभकामना आदानप्रदान, अमर प्रहरीहरुमा श्रद्धाञ्जली, लगायतका कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.