नुवाकोटमा पनि मनाइयो छठ पर्व

नुवाकोट- तराइमा मात्र मनाइदै आएको छठ पर्व नुवाकोटमा पनि मनाइएको छ । एक दशकदेखि पहाडि संरचना रहेको नुवाकोटमा नदी पोखरीमासमेत छठ पर्व मनाइदै आएको छ ।
पहिले तराइका सर्वसाधारणले मात्र मनाउंदै आएको छठ पर्व वितेको डेढ दशकदेखि नुवाकोटका विभिन्न नदी किनारामा तराई समुदायका व्यक्तिहरुले मनाउंदै आएका छन् । २०६५ साल अघि तराईको विभिन्न स्थानमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
तराई मुलका नागरिकहरुले सोमवार त्रिशूलीवजारमा रहेको राममन्दिरसंगै त्रिशूली नदीको किनारामा लहरै जम्मा भई छैंठी माताको पुजाआजा गर्दै छठ मनाइएको राम मन्दिरस्थित प्रसिद्ध त्रिशूली नदी किनारामा छठ पुजामा सहभागी लालवावु गुप्ताले वताउनुभयो । उहाँले आफुहरुलाई पहाडमा छठ पर्व मनाउन स्थानीय समुदायमा सहयोग गरेका कारण निकै खुसी लागेको पनि वताउनुभयो ।
तराईका विभिन्न स्थानमा मुल घर भई नुवाकोटका विपिभन्न स्थानमा पेशा, व्यवसाय तथा अध्ययन गरि वसेकाहरुले नुवाकोटको त्रिशूली नदखी किनारामा रहेको राममन्दिर घाटमा सामूहिक रुपमा छठ पर्व मनाएका हुन् । सांगीतिक वातावरणमा छैठी माताको पुजा आराधनासहित एकैपटक सयौं जनाले सामूहिक छठ मनाएका हुन् ।






प्रतिक्रिया राख्नुहोस्