१४८ रनको लक्ष्य पाएको काठमाडौँ गोर्खाज ब्याटिङमा

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत  आज  भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित  त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।
सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमा अर्धसतक बनाए ।
त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।
बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई/दुई विकेट लिए । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत रहेको  सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.