राष्ट्रपति रनिङशिल्डको उपाधि क्षेत्रपाल माविलाई

नुवाकोट-  विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको लिखुमा आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ ।

लिखु गाउँपालिकाले आयोजना गरेको तीन दिने आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लिखु गापा ४ को क्षेत्रपाल माविले उपाधि जितेको छ ।  प्रतियोगितामा क्षेत्रपालले २३ स्वर्ण पदक, नारायणदेवी माविले ३ स्वर्ण पदकसहित द्वितीय, महेन्द्र महेशदेव माविले २ स्वर्ण पदकसहित तृतीय भई पुरस्कार हात पारेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान जितेको विद्यालयहरूलाई क्रमशः  नगद १५ हजार, १२ हजार र नौ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । विजेता तथा उपविजेताहरुलाई लिखु गापाकी उपाध्यक्ष सुभद्रा अधिकारी उप्रेतीले पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले खेल क्षेत्रको विकास, उत्थान र प्रवर्द्धनका लागि पालिकाले विशेष अभियान सञ्चालन गरिरहेको बत्ताउनु भयो । उहाँले खेल जीवनबाटै विद्यार्थी खेलाडीहरूमा अनुशासनको अध्याय पनि सुरु भएको बत्ताउनुभयो ।

प्रतियोगितामा लिखु गापाभित्रका माविका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.