विश्वव्यापी फैलंदै कोरोनाको नयाँ रुप
काठमाडौं– कोरोनाको परिवर्तित रुपको भाइरस विश्वव्यापी रुपमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनले भाइरसको उत्परिवर्तन सामान्य रहेको र भविष्यमा फैलिइरहने यो नयाँ कोरोना भाइरस सजिले पत्ता लाग्ने जनाएको छ । संगठनकी विशेषज्ञ मेरिया भान केर्कोभले उत्परिवर्तित भाइरसको फेलावट झन् जोखिमपूर्ण हुने बताउनुभयो ।
बेलायत र अफ्रिकामा देखिएका कोरोनाका नयाँ भाइरस फरक–फरक प्रकारका भएको उहाँले जानकारी दिनुभयो । भविष्यमा कोरोनाका नयाँ नयाँ रुपका भाइरसहरु अरु पनि देखिने तर मौजूदा भाइरसभन्दा खतरनाक नहुने भनाइसहितको विश्व स्वासथ्थय संगठनको प्रतिवेदन पनि सारवजनिक गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्