श्रीलङ्कालाई ५१ रनले हराउँदै इङ्ल्याण्ड विजयी

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड विजयी भएको छ ।

आजदेखि सुरु भएको  ‘सुपर-एट’ को खेलमा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको हो ।

इङ्ग्ल्याण्डले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा ९५ रन बनाउँदै अलआउट भयो ।

यस्तै दोस्रो खेलमा अहमदाबादमा घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीच खेल भइरहेको छ।

यस्तै भारत समूह ‘ए’ बाट र दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै सुपर एटमा पुगेका हुन् ।

‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् ।

‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.