कास्की-२ बाट रास्वपाका उत्तमप्रसाद पौडेल निर्वाचित

काठमाडौँ-– प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुुभएको छ ।
उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गर्नुभयो ।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका उत्तमप्रसाद पौडेल २०३८ फागुनमा कास्कीमा जन्मिनु भएको हो ।
उहाँले रेडियो र टेलिभिजन पत्रकारितामार्फत भ्रष्टाचार, बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाउँदै आउनु भएको थियो ।
कुनैबेला हाल रास्वपाका सभापति रवि लामिछानेको चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा उहाँ पनि आवद्ध हुनुहुन्थ्यो ।
सञ्चार क्षेत्रबाटै सुशासनको वकालत गर्दै आउनु भएका पौडेल स्नातक तहमा अध्यानरत हुनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्