गुल्मी-२ बाट रास्वपाका सागर ढकाल विजयी

गुल्मी- दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मी-१ बाट रास्वपाका सागर ढकाल विजयी हुनु भएको छ ।

उहाँले २९६४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रदीप ज्ञवालीले १५१६१ मत पाउनु भएको थियो ।

२०४८ साल असारमा गुल्मी जिल्ला, सत्यवती गाउँपालिका, पिपलनेटामा जन्मिनु भएका ढकाल पेशाले इन्जिनियर हुनुहुन्छ।

यसअघिको निर्वाचनमा डडेलधुराबाट शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएका ढकाल त्यहाँ पराजित हुनुभएको थियो।

हेभीवेट नेताहरूबीच पनि निर्भीक चुनौती दिने ‘हाइ–इम्प्याक्ट’ नेताको रूपमा उहाँलाई लिने गरिन्छ।

ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेको अनुभव उहाँसँग रहेको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट एम एस्सी अध्ययन गर्नुभएका ढकाल अन्तरर्राष्ट्रियस्तरको अध्ययन र अनुभवलाई गुल्मीको विकास एजेन्डासँग जोड्ने क्षमता भएका युवानेताको रूपमा परिचित हुनुहुन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.