प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ९३ उम्मेदवार विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९३ क्षेत्रमा विजयी भएको छ । पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवारले ३२ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म ११९ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने तीन स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २० लाख ४२ हजार ५४८ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख ५१ हजार २०, नेपाली कांग्रेसले तीन लाख ४८ हजार २७८, नेकपा (एमाले)ले दुई लाख ७६ हजार ३०३ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख २१ हजार ९२० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.