रौतहट-२ मा काँग्रेसका डा फिरदोश आलम विजयी

काठमाडौँ- रौतहट-२ बाट नेपाली काँग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ ।

पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता मो अफताब आलमका छोरा डा आलम पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ प्रहरी अस्पतालमा चिकित्सकको रुपमा नै कार्यरत हुनुहुन्थ्यो ।

३९ बर्षीय डा आलम पारिवारिक राजनीतिको विरासतलाई थाम्दै राजनीतिमा होमिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.