राजमार्गसँग जोडियो आमा छोदिङ्मो गाँउपालिका

रसुवा– रसुवाको आमा छोदिङ्मो गाँउपालिकाको एक र दुई नम्बर वडा राष्ट्रिय राजमार्गसँग जोडिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र हाकु गाँउको बीचमा त्रिशुली खोलामा बेली बृज पुल निर्माण भएपछि गल्छी त्रिशुली,मैलुङ,स्याफ्रुबेसी रसुवागढी सडकसँग जोडिएको हो । माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाहरुको माग बमोजिम बेलिबृज पुल निर्माण गरिएको आयोजनाका कर्मचारी गिरिराज अधिकारीले बताउनुभयो ।

आयोजनाका अनुसार छ करोड ८० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.