ठाडोभाकामा प्रतियोगितामा मानसिंह दुराको समुह पहिलो

गोरखा- गोरखा नगरपालिका–६ रानीपोखरीमा भएको ठाडोभाका प्रतियोगितामा लमजुङ सुन्दरवजार–११ को मानसिंह दुराको समुह पहिलो वनेको छ ।
दुधपोखरी–२ का डम्मर घलेको समुह दोस्रो र लमजुङ रमना भण्डारी समुह र लमजुङ लोककला प्रतिष्ठान तेस्रो वनेको छ ।
पहिलो, दोस्रो र तेस्रो वनेको समुहले क्रमश ८० हजार, ५० हजार र २०÷२० हजार पुरसकार पाएको छ ।
ठाडो भाका संरक्षण तथा प्रवद्र्धन समितिको आयोजनामा शुक्रबार र शनिबार रानीपोखरीमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा १५ समुहको सहभागीता जनाएका थिए ।






प्रतिक्रिया राख्नुहोस्