नेपालले युएईलाई ६ रनले हरायो

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ ।
नेपालले यूएईलाई ६ रनले हराएको हो ।
वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे ।।






प्रतिक्रिया राख्नुहोस्