प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा भोलिका लागि तय भएको छ । आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा आज छ जनाले बहस गर्नुभयो ।

आज वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा कृष्णप्रसाद भण्डारी एवम् अधिवक्ताहरु अनिता जोशी मानन्धर, झल विक, नवराज पाण्डे, गोविन्द बसौला र सुजन नेपालले बहस गर्नुभयो । वरिष्ठ अधिवक्ता ज्ञवालीले प्रतिनिधिसभा विघटन गर्ते व्यवस्था संविधानमा नभएको उल्लेख गर्दै अदालतले संविधानमा भएको व्यवस्थाको व्याख्या गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो । अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको सर्वोच्चतालाई ध्यानमा राखेर सर्वोच्च अदालतले व्याख्या गर्नुपर्ने र संविधानमा लेखिएको कुरा व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको हुनाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

रिट निवेदकका तर्फबाट आजसम्म १८ कानून व्यवसायीले बहस गर्नुभएको छ । भोलि पुन: रिट निवेदककै तर्फबाट बहस हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.