पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार बिहान १०:१० बजे गल्छीतर्फबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको गल्छी गाउँपालिका–५ सागिनेका अन्दाजी ३३ वर्षीय ‘मंगले’ भन्ने हरि तामाङ र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.