विराटनगरसँग जनकपुर २ रनले पराजित

काठमाडौँ- एनपीएल अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सले २ रनको रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि सैफ हसनले अविजित ७१ रन बनाए । उनले ४७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रन जोडे ।
विराटनगरका लागि आन्द्रे रसेलले ३ विकेट लिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए ।






प्रतिक्रिया राख्नुहोस्