इङ्ग्लिस प्रिमियर लिग फुटबलको उपाधी लिभरपुललाई

काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलको गएरातीको खेलमा उपाधी विजेता लिभरपुलले चेल्सीलाई हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई ३ का बिरद्ध ५ गोलले हराएको हो । यसअघि नै उपाधि जितिसकेको लिभरपुलले उपाधी उचाल्नु अघिको खेलमा पनि शानदार जित निकालेको हो । गत महिनामानै उपाधि पक्का गरेको लिभरपुलले ३० वर्षपछि इग्लिस प्रिमियर लिगको उपाधी जितेको हो । यसअघिको खेलमा चोट लागेर आराममा रहेका लिभरपुलका क्याप्टेन हेन्डर्सन खेलमा सहभागि हुन नसके पनि उपाधि लिन भने मैदानमा उपस्थित थिए । लिभरपुलले आफ्नो अन्तिम खेल अव न्यूक्यासट्ल सङ्ग खेल्ने छ। प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र वेष्टह्याम वरावरी खेलेका थिए ।।





प्रतिक्रिया राख्नुहोस्