माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं- जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ ।

साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ ।

आजको कारोवारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ ।

कूल २०७ कम्पनीको दुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर रु आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार ९६७ मूल्यमा खरीदबिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ७.१३, वित्त ४.१८, निर्जीवन बीमा ८३.८८, लघुवित्त ४५.४६ र जीवन बीमा ३६१.४६ ले घटेको छ ।

यस्तै व्यापार १६.५, होटेल १२.१७, विकास बैंक २९.३२, जलविद्युत् ८३.२७, उत्पादन ४.४४, अन्य ३९.९१ र सामूहिक लगानी कोष ०.८२ ले वृद्धि भएको छ ।

आजको कारोवार पछि बजार पूँजीकरण रु ३६ खर्ब ३८ अर्ब २७ करोड ८० लाख ९१ हजार ३६१ बराबर पुगेको छ । यो देशको कूल ग्रार्हस्थ्य उत्पादन (जिडिपी)को हाराहारी नै हो ।

कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रहेको छ । सो बैंकको रु ६१ करोड ७४ लाख ७५ हजार ६७२ बराबरको कारोबार भएको छ । यस्तै नेपाल पूर्वाधार बैंक रु ५५ करोड २१ लाख १२ हजार २३, ग्लोबल आइएमई बैंक रु ३१ करोड २२ लाख ५४ हजार २१२, एनआइसी एसिया बैंक रु ३० करोड ६६ लाख ७७ हजार ३६०, शिखर इन्सुरेन्स कम्पनी रु २७ करोड ५६ लाख ६२ हजार २६३, नबिल बैंक रु २५ करोड ३१ लाख ८८ हजार ३५४, नेपाल लाइफ इन्सुरेन्स रु २३ करोड ४२ लाख ४७ हजार ६३७, माथिल्लो तामाकोशी रु २२ करोड ७० लाख १८ हजार ८८६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा, नेपाल पूर्वाधार बैंक ९.८९, नेपाल हाइड्रो डेभलपमर ९.८२, चन्द्रागिरि हिल्स ९.८०, समृद्धि फाइनान्स ९.७७, एनआइसी एसिया ब्यालेन्स फन्ड ९.७५, एनएमबी हाइब्रिड फन्ड ८.४६ र लिबर्टी इनर्जीका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाए ।

यस्तै बेस्ट फाइनान्स ३.३७, किसान लघुवित्त ३.२७, सबैको लघुवित्त ३.२७, समिट लघुवित्त ३.२४, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ३.२०, लक्ष्मी लघुवित्त ३.१५, सनराइज बैंक ३.१५ र लाइफ इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.१५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.