२४ घण्टामा ८९ जना कोरोना संक्रमित, ४१ जना संक्रमणमुक्त

काठमाडौं– नेपालमा आज थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४३९९ जनाको गरिएको पीसीआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ९ सय २७ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०११ पुगेको छ ।

गत २४ घण्टामा काठमाडौंमा ४५, भक्तपुरमा ६ र ललितपुरमा ६ गरी उपत्यकामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.