जोशीको स्वास्थ्य गम्भीर, सार्वजनिक भएको हल्ला असत्य भएको अस्पतालको भनाइ

काठमाडौं– पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । तर, केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको र्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ ।

मष्तिष्कघात भएपछि फागुन १४ गते जोशीलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको थियो ।

जोशीको अवस्था गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रेस विज्ञप्ति
२०७७ चैत ४ गते बिहान ७ बजे
यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।

प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पिआर डिपार्टमेन्ट
नर्भिक इन्टरनेशनल हस्पिटल प्रालि

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.