२४ घण्टामा १२५ जना कोरोना संक्रमित, ५५ जना संक्रमणमुक्त

काठमाडौं– नेपालमा आज थप १२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१६१ जनाको गरिएको पीसीआर परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७१ हजार ७ सय ३३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एक जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्