संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले निर्वाचित
काठमाडौं– संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सञ्जीव बगाले निर्वाचित हुनुभएको छ ।
शनिबार भएको सातौं अधिवेशनले बगालेको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको छ । बगालेले ७९ र कृष्णा पौडेलले ५५ मत पाउनुभयो ।
खुला उपाध्यक्ष पुरुषतर्फ डीपी उपाध्याय निर्वाचित हुनुभयो भने महिला उपाध्यक्षमा तुलसी सापकोटा निर्विरोध हुनुभयो ।
महासचिवमा विष्णु खड्का र सचिवमा जयसिंह महरा निर्वाचित हुनुभयो । समावेशी सचिवमा दीपेश श्रेष्ठ र कोषाध्यक्षमा सिर्जना घिमिरे निर्विरोध हुनुभयो ।
कार्यसमिति सदस्यहरुमा अंगराज न्यौपाने, किरण दाहाल, आकाश क्षेत्री, शम्भू दंगाल तथा समावेशी सदस्यमा सविता शर्मा र केशव भुल निर्विरोध हुनुभयो ।
कार्यसमिति सदस्यमा फोटो पत्रकारका तर्फबाट रोशन सापकोटा निर्विरोध हुँदा भिडियोबाट अमरदीप श्रेष्ठ निर्वाचित हुनुभयो ।
प्रतिक्रिया राख्नुहोस्