राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालित होटलहरु अब बाह्रै महिना सञ्चालन हुने
रसुवा- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालित होटलहरु अब बाह्रै महिना सञ्चालन हुने भएका छन् । केहि समययता पवित्र तीर्थस्थल गोसाईकुण्ड जाने तीर्थयात्रीहरु दैनिक एक सय देखि तीन सयसम्म जाने गरेकाले बासको अभाव भएको यात्रुहरुबाट गुनासो आएपछि निकुञ्जले सबै होटल खुलाउन लागेको हो ।
निकुञ्ज क्षेत्रमा टेन्डर प्रकृयाबाट सञ्चालित उच्च क्षेत्रमा सञ्चालित होटलहरुले एउटा होटल सञ्चालन गरी यात्रु तथा पर्यटकहरुबाट बासको अभाव देखाउँदै खाना, बास तथा अन्य समाग्रीहरुको मुल्य अत्याधिक बनाई बढी रकम असुलेको गुनासो आएपछि निकुञ्जले सबै होटल सञ्चालकहरुलाई बोलाई बाह्रै महिना संञ्चालन गर्न, होटलमा मिनु अनिवार्य राख्न, यात्रु तथा पर्यटकहरुलाइ अनिवार्य प्यान वील दिने व्यवस्था गर्न निर्देशन सहित अनुरोध गरेको निकुञ्जले जनाएको छ ।
यसरी निकुञ्जले वर्गीकरण गरिएका होटल तथा स्थान अनुसार तोकेको दर रेट अनुसार होटल बाह्रै महिना सञ्चालन गरेको नदेखिएमा र यात्रु तथा पर्यटकहरुबाट ठगिएको तथा अभाव सिर्जना गरिएको गुनासो आएमा सम्बन्धित होटल बन्द गरिने र संञ्चालकलाई निकुञ्जको ऐन अनुसार कारबाही गरिने लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमखु संरक्षण अधिकृत सुष्मा रानाले बातउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्