कपिलवस्तुका माओबादी नेतामाथि गोली प्रहार

कपिलबस्तु- नेकपा (माओबादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेय माथि गोली प्रहार भएको छ । बुधबार राति ११ः३० बजे पाण्डेय माथि अज्ञात समुहले गोली प्रहार गरेको हो ।

पाण्डेय तौलिहवाका बासिन्दा हुनुहुन्छ । उहाँको शरीरका दुई ठाउँमा गोली लागेको प्रहरीले जनाइएको छ ।

गोली प्रहार भए लगत्तै उहाँलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तौलिहवा-जितपुर सडक खण्डमा पर्ने रामनगर भन्ने स्थानमा पाण्डेय माथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन् साथै उक्त घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवराज अधिकारी जानकारी गराउनु भएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.