चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय- युनिफिन

काठमाडौँ- अस्पतालमा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमणको  नेपालका निजी,अर्धसरकारी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा काम गर्ने कर्मचारीहरुको साझा संगठन युनिफिनले विरोध गरेको छ ।

यहि जेठ १३ गते बिहिबार भेरी अस्पतालमा सेवामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि हातपात गर्ने तथाअस्पतालसमेत तोडफोड गर्ने जस्तो कार्य अमानवीय काम भएको भन्दै युनिफिनले विज्ञप्तीमार्फत विरोध जनाएको हो ।

२०७८ जेठ ४ गते बिराट मेडिकल कलेज , बिराटनगरमा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट भएको घटनाको लगत्तै मिति २०७८ जेठ १३ गते, बिहिबार भेरी अस्पतालमा त्यस्तै आपराधीक घटना दोहोरिनुले स्वास्थ्य क्षेत्र कति असुरक्षित छ भन्ने स्पष्ट भएको भन्दै तत्काल दोषिलाई कारवाही र थप सुरक्षाको व्यवस्था मिलाइदिन युनिफिनले सरकारसँग माग गरेको छ ।

युनिफिनका अध्यक्ष पृथ्वी रमन थपलियाले जारी गर्नुभएको विज्ञप्तिमा अब यस्ता घटना हुन नदिने ग्यारेण्टी गर्न सरकारलाई आग्रह पनि गरेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.