नेपालमा कोभिड १९ संक्रमित दर स्थिर, निको हुने संख्या बढ्यो

गत २४ घण्टामा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ६ सय ५३ जना संक्रमित

काठमाडौं– कोभिड १९ संक्रमितको संख्या स्थिर रहे पनि निको हुनेको संख्या वृद्धि भएको छ ।

गत २४ घण्टामा २० हजार ८ सय १३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ६ सय ५३ जना संक्रमित भएका छन् । सोही अवधिमा ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एक सय १ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ रहेको छ ।

मन्त्रालयका अनुसार ७ सय ५५ जना क्वारेन्टाइनमा रहेका छन् ।

गत २४ घण्टामा काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.