एमाले केन्द्रीय कमिटी बैठक स्थगित, भोलि पुन: बस्ने

काठमाडौं– नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नवौँ महाधिवेशनपछिको १३औँ केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता अनुपस्थित रहनुभयो । बैठक शनिबार ३ बजे पुनः बस्नेछ ।

पार्टीका कुनै खेमामा नहरनुभएका उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित हुनुहुन्छ । वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्योपचारका लागि भारतमा हुनुहुन्छ ।

असार १६ गरे बसेको आयोजक कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको केन्द्रीय कमिटीमा माओवादीबाट आएका नेता रामबहादुर थापालगायतलाई समावेश गरी आजका लागि बैठक आयोजना गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.