बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह

काठमाडौं- नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपमा कोषमा आबद्ध हुन आग्रह गरेको अवस्थामा आफ्ना मागको सम्बोधन नभएको भन्दै बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको हो ।

ट्रेड युनियन कांग्रेसले बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीले उठाएका खाईपाई आएका सुविधा कटौती नहुने एवम् सामूहिक सौदाबाजी अधिकारको सुनिश्चितता, अवकाश रकममा आयकर नलाग्ने व्यवस्था, योगदानका आधारमा उच्चतम प्रतिफलको व्यवस्था, अवकाश तथा निवृत्तिभरण योजनामा देखिएको विभेद हटाउने लगायतका कतिपय विषय र ऐनले नउठाएको बताएको छ ।

महासचिव कुँवरले विज्ञप्तिमार्फत बाँझिएका कानून र सुविधालाई व्यवस्थापन गर्ने विषयमा तत्काल पहल गर्न जरुरी देखिएकाले संरचनागत छलफल अघि बढाएर २०७८ असार मसान्तको समय सीमालाई समस्याको निक्र्यौल नहुँदासम्म कोषमा आबद्धताका लागि दैनिक ज्यालादारी एवम् अनौपचारिक क्षेत्रका श्रमिकलाई समय सीमा थप गर्न सम्बन्धित निकायसमक्ष माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.