श्रीलंकासँगको एक दिवसीय सिरिजको नतिजा इङ्ल्याण्डलाई
काठमाडौँ- घरेलु टिम इंग्ल्यान्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलको नतिजा वर्षा बाधक भएसँगै इङल्यान्डको पक्षमा आएको छ ।
ब्रिस्टोलमा वर्षाको कारण दुई टिमबीचको खेल प्रभावित भएसँगै एक खेल अगावै इङल्यान्डको जित भएको हो ।
वर्षाले पटक पटक प्रभावित खेल नतिजा विहिन भएसँगै इंग्ल्यान्डले ३ खेलको सिरिज २-० ले जीतेको हो ।
श्रीलंकाले इंग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो ।
तर, वर्षाको कारण इंग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाई खेल रद्द भएको थियो ।
यसअघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्