अष्ट्रेलिया आफ्नो टी-टी-ट्वान्टी आइ खेलमा इतिहासकै सर्वाधिक कम ६२ रनमा अलआउट
बंगलादेशले अष्ट्रेलिया विरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी आइ खेलमा नयाँ इतिहास रच्दै जीत निकाल्न सफल भएको छ ।
बंगलादेशका सफल अलराउण्डर सकिव अल हसन टी-ट्वान्टी आइमा एक हजार भन्दा बढी रन र एक सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
हिजो सम्पन्न अष्ट्रेलिया विरुद्धको खेलमा सकिवले उत्कृष्ट बलिङ गर्दै ३ दशमलव ४ ओभरमा एक मेडनसहित ९ रन खर्चिएर चार विकेट लिएपछि अष्ट्रेलिया आफ्नो टी-टी-ट्वान्टी आइ इतिहासकै सर्वाधिक कम ६२ रनमा अलआउट भएको थियो ।
ढाकाको सेरे बंगला स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा १२३ रनको जीत लक्ष लिएर उत्रिएको पाहुना टोली अष्ट्रेलिया १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटिएपछि बंगलादेशले ६० रनले जीत हासिल गरेको हो ।
यो जीतसँगै बंगालेशले इतिहास\मा पहिलोपटक अष्ट्रेलिया विरुद्ध ४-१ ले श्रृंखला कब्जा गर्न सफल भएको छ । उक्त श्रृंखला जिताउन बंगलादेशका सकिब अल हसनको योगदानको कदर गर्दै उनलाई म्यान अफ द सिरिज र म्यान अफ द म्याच समेत घोषित गरिएको थियो ।
उनले अष्ट्रेलिया विरुद्धको पाँच खेलमा सात विकेट लिनुका साथै ब्याटिङका लागि नकै कठिन मानिएको पिचमा कूल ११४ रन बनाउन सफल भएका थिए ।-
प्रतिक्रिया राख्नुहोस्