अर्थमन्त्रीद्वारा मुलुकको आर्थिक अवस्था संसदमा प्रस्तुत (पूर्णपाठसहित)

अर्थमन्त्री भन्नुहुन्छ, ‘आग्रह, पूर्वाग्रह वा कसैलाई आक्षेप लगाइएको छैन’

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्था प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नुभएको छ ।

अर्थमन्त्री शर्माले विकास र समृद्धिसहित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक मार्गदर्शनको आधारमा अगाडि बढ्न र विगतका कमी कमजोरीलाई सुधार्दै सरकार जनउत्तरदायी हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले स्रोत सुनिश्चित नगरी कतिपय योजनाहरु घोषणा गरेको उल्लेख गर्नुभएको छ । उहाँले सरकारले आग्रह, पूर्वाग्रह वा आक्षेप लगाउन आर्थिक अवस्था जानकारी नगराएको बताउँदै भन्नुभयो, ‘राज्यसँग भएका तथ्यहरुलाई जस्ताको तस्तै प्रस्तुत गरेको छु, यी सबै प्रमाणित हुन् । यो अघिल्ला सरकारको विवरण हो, अघिल्लो सरकारलाई आरोपित गरेको छैन ।’

विपक्षी सांसदहरुले भने अघिल्लो सरकारलाई आरोपित गर्न अर्थमन्त्रीले आर्थिक अवस्था जानकारी गराएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.