घर-टहराको मुआब्जा निर्धारणमा समस्या भएपछि नागढुंगा-नौविसे सुरुङ्ग मार्ग निर्माणमा ढिलाइ
धादिङ- सरकाले धादिङ र काठमाण्डौं जिल्लामा पर्ने बलम्वु क्षेत्रमा रहेका ६७ ओटा घरटहराहरको मुआब्जा अझै निधारण गर्न नसक्दा नागढुङ्गा-नौविसे सुरुङ्ग मार्ग निर्माणको काममा समस्या आएको छ । सुरुङ्ग खन्ने क्रममा कुनै अवरोध नभएको भएपनि सुरुङ्ग बाहिर गरिने निर्माणको काममा भने अवरोध भएपछि जति सक्दो छिटो मुआब्जा निर्धारण गर्नुपर्ने माग आयोजनाले सरकारसँग गरेको छ ।
काठमाण्डौतर्फको मुआब्जा वितरणमा समस्या भएपछि निर्माणधीन अवस्थामा रहेको नौविसे नागढुङ्गा सुरुङ्ग मार्गको कामले गति लिन सकेको छैन ।
बलम्वु क्षेत्रमा कच्च र पक्कि ६२ घरको मुआब्जामा ढिलाई भएको हो । यसैगरी धादिङतर्फको धुनीवेशी नगरपालिकामा मा पर्ने खत्री पौवा भन्ने स्थानमा पाँच ओटा घरहरुको मुआब्जा दिन बाँकी रहेको छ ।
जम्मा ६७ घर परिवालाई मुआब्जा दिन बाँकी रहेको छ । काठामाण्डौतर्फको बलम्वु क्षेत्रमा भएका घरहरुको मुआब्जा निार्धारण हुन नसक्दा फ्लाई ओभर व्रिज निर्माणको काम सुरु हुन सकेको छैन भने धादिङका पाँच ओटा घरहरु नहट्दा आयोजनले निर्माणमा प्रयोग हुने निर्माण सामग्री उत्पादनमा समस्या आएको हो ।जस्ले गर्दा आयोजनाको काममा निकै समस्या आएको छ ।
धादिङतर्फको पाँच घरको मुआब्जाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय गर्नु पर्ने भए पछि रोकिएको आयोजनाका प्रमुख नरेशमान शाक्यले बताउनु भएको छ ।
यसरी मुआब्जा निर्धारणमा सरकारले गरेको ढिलाइले गर्दा आयोजना निर्माण तोकिएको समयमा गर्न नसकिने पनि नागढुङ्ग नौविसो सुरुङ्ग निर्माण आयोजनाले जनाएको छ ।
हालसम्म धादिङ र काठमाण्डौको गरी करिव आठ सय मिटर सुरुङ्ग खन्ने काम सम्पन्न भइसकेको छ ।
मुलुकभर पटक पटक देखा परेको कोरोना संक्रमणको बावजुद पनि काम निरन्तर भइरहेको बताउँदै सरकाले अबको दुईदेखि तीन हप्तामा मुआव्जा निर्धारण गर्नु पर्ने माग आयोजनाको छ । अन्यथा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न नसकिने आयोजनाका प्रमुख शाक्यले जानकारी दिनु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्