भदौमा महाधिवेशन गर्न सभापति देउवाको प्रस्ताव

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशन भदौ महिनामै गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बुढानीलकण्ठमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले महाधिवेशन भदौमा गर्न उपयुक्त भएको धारणा राख्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति देउवाले पार्टीको महाधिवेशन, संवैधानिक संकटलगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.