४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दावी पेस

बुटवल- लुम्बिनी प्रदेश नेकपा माओवादीका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको समर्थन रहेको हस्ताक्षर सहित प्रदेश प्रमुखसमक्ष दावी पेस गर्नुभएको छ ।

लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धनको तर्फबाट केसीले नयाँ सरकार बनाउन ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेस गर्नुभएको हो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा प्रदेशसभाका ४२ सांसदको समर्थनसहितको हस्ताक्षरसहित नयाँ सरकार बनाउन दावी पेस गरेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको कार्यालयले विहीवार दिउँसो ३ बजेसम्म नयाँ सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न प्रदेश सभाका प्रमुख राजनैतिक दलहरुलाई बुधवार सूचना जारी गरेको थियो ।

विहीवार प्रस्तुत गरिएको दावीमा नेकपा माओवादी केन्द्रका १८, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.