लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका केसीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थनसहित बिहीबार नै प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाइएको थियो ।

बुधबार मुख्यमन्त्री शंकर पोखरलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको थियो ।

नवनियुक्त मुख्यमन्त्री केसीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.