पारस खड्कालाई प्रधानमन्त्री देउवाको साथ
काठमाडौं– खेल जीवनबाट संन्यास लिनुभएका खेलाडी पारस खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ ।
खड्कालाई भेटेपछि प्रधानमन्त्रीले ट्विटमा लेख्नुभएको छ, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ ।’
प्रतिक्रिया राख्नुहोस्