फिफा विश्वकप २०२२ को छनौट खेल: पोर्चुगल, फ्रान्स, डेनमार्क र नेदरल्यान्डको बिजयी शुरुवात

जारी फिफा विश्वकप २०२२ को युइएफए क्षेत्र अन्तर्गत छनौट चरणको खेलमा पोर्चुगलले अजरबैजानमाथि ३-० गोल अन्तरले जीत निकालेको छ ।

गएराति अजरबैजानको घरेलु मैदानमा सम्पन्न खेलको पहिलो हाफको २६औं मिनेटमा पोर्चुगलका स्ट्राइकर बर्नाडो सिल्भाले पहिलो गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफको ३१ औं मिनेटमा पोर्चुगलका अर्का स्ट्राइकर एन्ड्रे सिल्भाले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको ७५औं मिनेटमा पोर्चुगलका डिगो जोट्टाले तेस्रो गोल गर्दै पोर्चुलाई सानदार जीत दिलाएका हुन् ।

त्यसैगरी आज बिहान सम्पन्न छनौट चरणका अन्य खेलहरुमा डेनमार्कले इजरायलमाथि ५-० गोलको सानदार जीत निकालेको छ । त्यसैगरी अर्को खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोलले पराजित गर्‍यो भने नेदरल्याण्डले टर्कीलाई ६-१ गोलले हरायो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.