एमाले विधान महाधिवेशनः सुझाव दिने क्रम सकियो

काठमाडौं– नेकपा एमालेको तीन दिनदेखि ललितपुरको गोदावारीमा जारी विधान महाधिवेशनमा समूहगत सुझाव दिने क्रम सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख रहनुभएका उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावउपर सुझाव दिने क्रम सकिएको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
महाधिवेशनको तेस्रो दिन आज गण्डकी प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय र प्रवास, प्रदेश नं २, प्रदेश नं १ र जनवर्गीय संगठन समूहहरुबाट सुझाव प्रस्तुत गरिएको थियो ।
१० वटै समूहले अआफ्ना सुझाव प्रस्तुत गरिसकेकाले उठेका सुझाव र जिज्ञासामाथि अब पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ । समसामयिक प्रस्तावहरु परित गर्दै विधान महाधिवेशन आजै समापन हुने छ ।






प्रतिक्रिया राख्नुहोस्