जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमणपछि नेपालगञ्ज उपमहानगरको कार्यालय सिल
काठमाडौं- कोभिड-१९ भाइरस संक्रमणको जोखिम बढेसँगै तराइका बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्ला केहीदिनमा संक्रमितको संख्या अप्रत्यासित बढेपछि उच्च सतर्कता अपनाउदै केहि जिल्लामा निषेधाज्ञा र लकडाउन समेत गरिएको हो ।
यसैबीच जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात जना कर्मचारीमा कोरोना देखिएपछि हिजोबाटै नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्