चैतदेखि भदौसम्मको लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने

काठमाडौं– सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ ।

चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क हटाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय मन्त्री परिषदले गरेको हो ।

सरकारको निर्णयपछि विभागले सफ्टवेयर मिलाउने काम गरिरहेको हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.