सत्ता गठबन्धनद्वारा ११ सदस्यीय समन्वय समिति गठन

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बैठकले समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचन लगायत संयुक्त निर्वाचनलाई अगाडि बढाउने तयारीका सत्ता गठबन्धनको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

सत्ता गठबन्धनको समन्वय समितिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य र यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित अन्य सदस्यहरु पछि मनोनयन हुनेगरी ११ सदस्यीय समिति गठन गरिएको उहाँले बताउनुभयो ।

संविधान र लोकतन्त्रको रक्षा गर्ने मूल उद्देश्यकासाथ गठबन्धनफाई अगाडि बढाउने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.